मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सांसद इन्दिरा राना मगरले २ हजारमा बञ्चरो किनेर दाउरा चिर्दै खाना पकाउनुपरेको खुलासा!

barnanmedia.com · Fri Sep 11 08:34:26 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वउपसभामुख इन्दिरा राना मगरले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको आरोप लगाउँदै तीव्र आक्रोश व्यक्त गरेकी छन्। आफूले संरक्षण गरिरहेका बालबालिकालाई खाना खुवाउनसमेत ग्यास नपाएपछि बाध्य भएर बञ्चरो किनेरे दाउरा चिरेर खाना पकाउनुपरेको उनले बताएकी छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै राना मगरले रु. २ हजारमा बञ्चरो किनेर दाउरा चिर्दै खाना पकाउनुपरेको तीतो अनुभव सुनाएकी हुन्। उनका अनुसार आफूले संरक्षण गरिरहेका करिब ५०० जना बालबालिका ग्यास अभावका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)