ग्यास छैन भने सरकारले घोषणा गरिदिनुपर्यो र जनतालाई दाउरा खोजेर पकाएर खाउ भन्नुपर्यो : सांसद तामाङ
barnanmedia.com · Fri Sep 11 08:39:17 GMT 2026

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ग्यास अभावमा जनता पीडामा रहेको बताएकी छन् । उनले ग्यास नभएकै हो भने सरकारले घोषणा गर्नुपर्ने र छ भने उपलब्ध गराउनुपर्ने बताइन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद तामाङले ग्यासको उपलब्धताबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । ग्यास पसलेले सर्वसाधारणलाई नदिइरहेको पनि उनको भनाइ थियो । 'पसलमा ग्यास हेर्दै भोकभोकै जनता बस्नुपर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाइ मत दिएर पठाएको हो त ?,' सांसद तामाङले भनिन्, 'यदी साच्चिकै ग्यास छैन भने आज नै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो र जनतालाई दाउरा खोजि पकाएर खाउ भनेर भन्न सक्नुपर्यो ।'
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)