मधेशमा मन्त्रालयको संख्या घटाएर मन्त्रीको शपथ
annapurnapost.com · Tue May 26 13:58:37 GMT 2026

जनकपुरधाम : मधेश प्रदेशमा लामो समयदेखि देखिएको सत्ता गठबन्धन भित्रको किचलो मन्त्रालयको संख्या घटाउने निर्णय सहित १५ बुँदे सहमतिमा टुंगिएको छ। पूर्वतयारी र पर्याप्त अध्ययन बिनै मन्त्रालयको संख्या बढाउँदा मधेश प्रदेश सरकार सञ्चालन अस्तव्यस्त बनेको बेलामा तीन दलीय सहमतिबाट मन्त्रालयको संख्या १२ बाट घटाएर ९ पुर्याउँदै संयुक्त सरकारको सहमति पत्रमा हस्ताक्षर गरेको हो।
नयाँ सत्ता समीकरण भित्र मन्त्रालय बाँडफाँट, बजेट निर्माण, विकास योजना सञ्चालन तथा सरकार सञ्चालनको मोडालिटीलाई लिएर देखिएको असमझदारी पछि गठबन्धन भित्र चिसोपना बढेको थियो। तर, तीन दलबीच भएको लिखित सहमतिसँगै सत्ता गठबन्धनको गाँठो फुकेको हो। तीन दलबीच भएको समझदारी पत्रमा सरकार सञ्चालनलाई सात सत्ताधारी दलबीच आपसी समन्वय र समझदारीका आधारमा अघि बढाउने र सुशासनको प्रत्यक्ष अनुभूति हुनेगरी जनतालाई काम गर्ने प्रतिबद्धता जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)