कर्णालीलाई खेल हब बनाउने अभियानमा छौँ : मन्त्री शाह
baahrakhari.com · Fri Jun 19 09:33:16 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले यो क्षेत्रलाई खेल हबका रूपमा विकास गरिने बताएका छन् । शुक्रबार (असार ५) सुर्खेतको वीरेन्द्रनगरमा पहिलोपटक आयोजित ४६औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री शाहले यस्तो बताएका हुन् ।
कर्णालीको भूमिमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उनले उल्लेख गरे । कर्णालीमा निर्मित खेल पूर्वाधारको प्रभावकारी उपयोग गर्ने उद्देश्यले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)