सडकको राइट अफ वे स्पष्ट छैन, नागरिकलाई अनावश्यक मालपोतको भार : बुर्लाकोटी
ratopati.com · Fri Sep 11 08:48:31 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले देशैभरि सडक निर्माणका नाममा नागरिकमाथि भइरहेको अन्यायपूर्ण आर्थिक भारको अन्त्य गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले सडकको मापदण्ड र कर कट्टाको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
मुख्य सचेतक बुर्लाकोटीले वर्षौँअघि निर्माण भएका सडकहरूको मालपोत जग्गादाता नागरिकले नै तिर्नुपर्ने बाध्यता रहेको भन्दै यसलाई आश्चर्यजनक र अन्यायपूर्ण भनेका छन् । उनले भने– ‘देशभर सडक खनेका छन्, सवारी गुडिरहेका छन्, तर ती सडकको मालपोत भने अझै पनि वर्षौँदेखि जग्गादाता नागरिकले नै तिरिरहेका छन्। यो भन्दा ठुलो विडम्बना के हुन सक्छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)