मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्मार्ट टेलिकमको आयु अब एक महिना मात्र, सरकारको २७ अर्बसहित तीन बैंकको २ अर्ब दाउमा

newsofnepal.com · Wed Mar 15 00:46:28 GMT 2023

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको आयु अब एक महिनामात्र बाँकी रहेको छ । सो कम्पनीको लाइसेन्सको म्याद वैशाख २ गतेसम्म रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणका लागि चासो नदेखाउँदा कम्पनीको आयु एक महिनामात्र रहेको हो ।

प्राधिकरणका निर्देशकसमेत रहेका प्रवक्ता सन्तोष पौडेलले स्मार्ट टेलिकमले आफ्नो लाइसेन्स नवीकरणका लागि चासो नदेखाएको बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै पौडेलले भन्नुभयो– ‘अहिलेसम्म स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणका लागि चासो देखाएको छैन । लाइसेन्स नवीकरणका लागि कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकमसहित आवेदन दिनुपर्ने हुन्छ । तर, अहिलेसम्म कम्पनीले रकम तिरेर आवेदन दिएको अवस्था छैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)