नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि
shilapatra.com · Fri Jun 19 09:42:25 GMT 2026

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३१ अङ्कले उकालो लागेर चार सय ६३ दशमलव ९८ मा पुगेको छ । कारोबार भएका आधारमा कूल ११६ कम्पनीको शेयर मूल्यमा बढोत्तरी भएको छ । यस्तै, १४० कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १७ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)