साताको अन्तिम कारोबारमा सेयर बजार बढ्यो, साढे चार अर्बको कारोबार
baahrakhari.com · Fri Jun 19 09:42:35 GMT 2026

काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार सकारात्मक भएको छ । शुक्रबार (असार ५) सेयर बजार १.६३ अंकले बढेको हो । योसँगै बजार मापक २७०२.११ विन्दुमा उक्लिएको छ ।
बजार सकारात्मक हुँदा ११६ कम्पनीको सेयर मूल्य बढेको छ । १४० कम्पनीको सेयर मूल्य घटेको छ । १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ