आईपीएलको छैटौँ खेलमा राजस्थानमाथि कोलकाता हावी, १५ बल बाँकी छँदै ८ विकेटले विजयी
ratopati.com · Wed Mar 26 18:31:00 GMT 2025
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को छैटौँ खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । राजस्थान रोयल्सले जितका लागि प्रस्तुत गरेको १ सय ५२ रनको चुनौति पछ्याएको कोलकाता निर्धारित ओभरमा १५ बल बाँकी छँदै ८ विकेटले विजयी भएको हो ।
गुवाहाटीको बरसापारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । जवाफमा कोलकाताले १७ ओभर ३ बलमा मात्र २ विकेट गुमााएर सहजै चुनौति पार गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)