मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण

arthadabali.com · Fri Jun 19 09:48:15 GMT 2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ । संरक्षण कार्यक्रम सुरु भएको करिब डेढ दशकपछि कृष्णसारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ्दो सङ्ख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो ।

निकुञ्जको पछिल्लो तथ्याङ्कअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी १०२, अर्धवयस्क पोथी २६ र लिङ्ग पहिचान हुन बाँकी ८४ पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिएका छन् । उनका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको सङ्ख्या निरन्तर बढिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)