सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत
gorkhapatraonline.com · Fri Jun 19 09:49:59 GMT 2026

‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले स्वीकृतिका लागि पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
यसअघि विपक्षी दलका तर्फबाट श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले उक्त अध्यादेश अस्वीकार गरियोस् भनी राख्नुभएको प्रस्ताव अस्वीकृत भएको थियो । त्यसैगरी बैठकले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पनि स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको अर्को बैठक यही असार ११ गते बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
प्रतिनिधि सभा