मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मदिराले लठ्ठिएका व्यक्तिको कुटपिटबाट हिँडिरहेका युवाको मृत्यु

barnanmedia.com · Tue May 26 14:19:48 GMT 2026

रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो ।

बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल घर भई हाल चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका ३८ वर्षीय विमल मोक्तानको कुटपिटबाट सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिए । मदिरा सेवन गरेका मोक्तानले बाटोमा हिँडिरहेका सुवेदीलाई कुटपिट गरी लडाएका थिए ।

कुटपिटबाट घाइते सुवेदीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मोक्तानलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)