संसद् अधिवेशन रोकेर ल्याइएका अध्यादेशहरू प्रतिनिधिसभाबाट स्वीकृत
nepalviews.com · Fri Jun 19 09:56:21 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद खडकबहादुर बुढाले राखेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको छ ।
त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)