ब्रेन ट्युमरको अपरेशनपछि फिल्मको काममा फर्किइन् दीपाश्री
ratopati.com · Fri Sep 11 09:09:28 GMT 2026

काठमाडौं । अभिनेत्री दीपाश्री निरौला फिल्मको काममा फर्किएकी छन् । ब्रेन ट्युमरको शल्याक्रियापछि स्वास्थ्य लाभ गरिरहेकी उनी करिब दुई महिनापछि फिल्म ‘पाँच पाण्डव’को डबिङ मार्फत फिल्म कर्ममा फर्किएकी हुन् । शुक्रबार तिलगंगास्थित म्युजिक नेपाल अडियो भिजुअल स्डुडियो पुगेर उनले फिल्मका लागि आफ्नो भागको डबिङ गरेकी हुन् ।
लामो अन्तरालपछि डबिङ स्टुडियो पुगेकी दीपाश्रीमा काममा फर्किएको उत्साह स्पष्ट देखिन्थ्यो । स्टुडियो पुगेपछि उनले फिल्मका निर्देशक बसन्त निरौला, रेकर्डिस्ट, टेक्निसियन तथा त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीसँग भेटघाट गर्दै अभिवादन गरेर काम सुरु गरेकी थिइन् । काम सुरु गर्नुअघि दीपाश्रीले डबिङ स्टुडियोको मुख्य ढोका समेत ढोगेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)