चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एक जना पक्राउ
nepalpress.com · Fri Jun 19 09:57:15 GMT 2026

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्।
शुक्रवार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न लागेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला गरेकी थिइन् ।
जिल्ला सर्लाही, बागमती नगरपालिका-६ बस्ने १८ वर्षीय जुमुन मियाँलाई पक्राउ परेका हुन । उनको साथबाट मधेश प्रदेश ०४-००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद भएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप मिति २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य खुलेको छ भने गाडीसँग मेल खाएको छ घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
नेपाल प्रहरी