दक्षिणी थाइल्यान्डमा विस्फोट हुँदा छ जना प्रहरी घाइते
gorkhapatraonline.com · Fri Jun 19 10:06:28 GMT 2026

आन्तरिक सुरक्षा अपरेसन कमान्ड क्षेत्र न ४ कमान्डका अनुसार दक्षिणी थाइल्यान्डमा शुक्रबार आक्रमणकारीले विस्फोटक उपकरण विस्फोट गरी शिक्षक तथा सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।
सीमा क्षेत्रमा गस्ती गरिरहेका प्रहरीको ४४२ नम्बर विशेष टास्क फोर्समा संलग्न शिक्षक तथा सुरक्षा एकाईमा सेवा गरिरहेका कर्मचारी यला प्रान्तमा आक्रमणमा परेका थिए । विस्फोटमा सुरक्षा युनिटका छ जना सदस्य घाइते भएको तथा उनीहरूलाई तत्कालै उपचारका लागि स्थानीय अस्पतालमा लगिएको जनाइएको छ ।
सुरक्षा अधिकारीहरूले घटनास्थल सुरक्षित गर्न प्रभावित सडकलाई घेराबन्दी गरेका छन् । बम डिस्पोजल युनिट र फरेन्सिक टोलीलाई घटना स्थलमा अनुसन्धान तथा प्रमाण सङ्कलन गर्न पहुँचको सुविधा दिएको जनाइएको छ । रासस/सिन्ह्वा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)