कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने
nepallive.com · Fri Jun 19 10:01:14 GMT 2026

काठमाडौँ– कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको सूचनामा दुई दिन पूरक परीक्षा हुने जनाइएको छ ।
नियमित परीक्षार्थीका रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)