वीरगन्ज मुख्य सडकका बाँकी संरचना हटाउन आइतबारदेखि फेरि डोजर चल्ने
annapurnapost.com · Fri Jun 19 09:59:35 GMT 2026

वीरगन्ज : त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो ।
त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र खाली गर्न अनुरोध गर्दा पनि सम्बन्धित घरजग्गा धनीहरुले आफैले खाली नगरेपछि सडक विभागले असार ७ गतेदेखि फेरि फेरि डोजर लगाएर बाँकी संरचनाहरु हटाउने भएको हो । त्यसका लागि सडक विभाग अन्तर्गतको सडक डिभिजन हेटौंडाले शुक्रबार वीरगन्ज महानगरपालिकाको कार्यालयलाई पत्र लेख्दै आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)