मुटुको आकस्मिक शल्यक्रिया गर्नुपर्नेलाई औषधिको भर
ekantipur.com · Sun Jul 24 00:59:25 GMT 2022
काठमाडौँ — मुटुको ‘आकस्मिक शल्यक्रिया’ गर्नुपर्ने कास्कीका ६१ वर्षीय खिमप्रसाद अधिकारीलाई सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले हृदयाघात रोकथामको अल्पकालीन औषधि दिएर घर फर्काएको छ । तीन वटा भल्भ फेर्नुपर्ने भए पनि ‘अक्सिजेनेटर’ अभावको कारण देखाउँदै अस्पतालले शुक्रबार फर्काएको उनका छोरा चिरञ्जीवीले बताए । अधिकारी बेड नम्बर ४०३ मा ५ दिनदेखि उपचाररत थिए ।
‘बुबालाई तीन पटक हृदयाघात भइसकेको छ । तत्काल अपरेसन नगरे फेरि हृदयाघात हुने जोखिम उत्तिकै छ,’ चिरञ्जीवीले भने, ‘औषधिको भरमा घर लैजानुपर्दा दुःख लागेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)