कृषि क्रान्तिको युग सकियो : अध्यक्ष नेपाल
farakdhar.com · Fri Oct 25 15:51:56 UTC 2024

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब कृषि क्रान्तिको युग सकिएको बताएका छन् । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले अब सूचना प्रविधि (आईटी) को युग सुरु भएको बताए ।
उनले भने, ‘यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग हो । उद्योग, औद्योगिक क्रान्ति, विश्वलाई परिवर्तन गर्ने आईटी, नयाँ खोज र अनुसन्धानको युग हो । यसर्थ नयाँ ज्ञान र सीप हासिल गर्नु आजको आवश्यकता हो ।’
अध्यक्ष नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सवारी प्रदूषण कटौती गर्न जरुरी रहेको र त्यसका लागि इलेक्ट्रोनिक गाडीको प्रयोग बढाउने गरी सरकारले सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, ‘अब डिजेल पेट्रोलको प्रयोग नगर्ने, यसको खपत घटाउन आवश्यक छ । हाम्रो देश जलस्रोतको धनी भएकाले विद्युत् उत्पादन गरेर गाडीलगायत सवारी साधनको प्रयोग र प्रत्येक उद्योग कलकारखाना विद्युतबाटै सञ्चालन गर्न सरकारले नीति ल्याउनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)