सार्वजनिक खरिदसहित चार अध्यादेश स्वीकृत गरी असार ११ गतेसम्म स्थगित भयो प्रतिनिधिसभा बैठक
nepalbahas.com · Fri Jun 19 10:04:42 GMT 2026

सार्वजनिक खरिदसहित चार अध्यादेश स्वीकृत गरी असार ११ गतेसम्म स्थगित भयो प्रतिनिधिसभा बैठक
५ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेको छ । अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो ।
यसमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश शुक्रबार प्रतिनिधिसभाबाट स्वीकृत भएको हो ।
२८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रियसभामा पेश भएका यसमध्ये ४ वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि एकसाथ आएको थियो ।
प्रतिनिधिसभा
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
राष्ट्रियसभा: विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
असार ५, २०८३ शुक्रबार
राप्रपा केन्द्रीय समिति बैठक सुरु, सहभागिताको विषयमा विवाद चर्किँदा नेताहरू अनुपस्थित
असार ५, २०८३ शुक्रबार
प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित
असार ५, २०८३ शुक्रबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
Tweets by nepalbahas
लोकप्रिय
१
सामसुङ मोबाइलमा बढ्दो समस्या, ब्याट्री, ओभरहिटिङ र डिस्प्लेमा समस्या आएको प्रयोगकर्ताको गुनासो
असार ४, २०८३ बिहिबार
२
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
असार ४, २०८३ बिहिबार
३
भिजिट भिसामा ओमान उड्न लागेका २७ महिला विमानस्थलबाट नियन्त्रणमा, कुवेत पुर्याउने गिरोहमाथि अनुसन्धान
असार ४, २०८३ बिहिबार
छुटाउनुभयो कि?
राष्ट्रियसभा: विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
असार ५, २०८३ शुक्रबार
सार्वजनिक खरिदसहित चार अध्यादेश स्वीकृत गरी असार ११ गतेसम्म स्थगित भयो प्रतिनिधिसभा बैठक
असार ५, २०८३ शुक्रबार
बर्डफ्लु भेटिएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
असार ५, २०८३ शुक्रबार
प्रिमियम मूल्यको सामसुङ ग्यालेक्सी एस २६ अल्ट्रा पनि विवादमा, प्राइभेसी डिस्प्लेदेखि नेटवर्कमा पनि समस्या
असार ५, २०८३ शुक्रबार
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ः ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, नवीन चौहान उत्कृष्ट निर्देशक
असार ५, २०८३ शुक्रबार
पार्टीका विभिन्न गतिविधिमा सक्रियता बढाउँदै ओली ( फोटो फिचर )
असार ५, २०८३ शुक्रबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ