अख्तियार प्रमुखमाथि २ वर्ष अघिको दुश्मनी साध्दै प्रम बालेन
barnanmedia.com · Fri Jun 19 09:52:25 GMT 2026

काठमाडौं– दुई वर्षअघि सुरु भएको भनिएको बालेन शाह र अख्तियार प्रमुख प्रेमकुमार राईबीचको शीतयुद्ध पछिल्ला राजनीतिक घटनाक्रमसँगै फेरि सतहमा आएको छ ।
काठमाडौं महानगरका विभिन्न निर्णय, सल्लाहकारहरूको विदेश भ्रमण, तथा खर्चसम्बन्धी उजुरीहरूका कारण अख्तियार र बालेनको टिमबीच दूरी बढ्दै गएको बताइन्छ ।
कान्स फिल्म फेस्टिभल यात्रासम्बन्धी खर्चको अनुसन्धानदेखि महानगरका योजनाहरूमा उठेका अनियमितताका आरोपसम्मले सम्बन्ध थप तनावपूर्ण बनाएको देखिन्छ ।
बालेन निकट पक्षले यी अनुसन्धानहरू राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै आएको छ भने अख्तियारले भने प्रक्रिया अनुसार नै काम भइरहेको बताउँदै आएको छ ।
जेनजी आन्दोलनपछि राजनीतिक शक्ति सन्तुलन फेरिएसँगै अख्तियारको भूमिका र रणनीतिमा पनि परिवर्तन आएको चर्चा छ ।
यसबीच प्रधानमन्त्री बालेन शाहको सचिवालय र अख्तियारबीच ठूला भ्रष्टाचारका फाइलहरूबारे सिंहदरबारमा छलफल भएको र केही विषयमा चर्काचर्कीसमेत भएको स्रोतहरूको दाबी छ ।