वडा सभापति भेला गरेर चुनाव गरेपछि रास्वपाको जनकपुर उपमहानगर अधिवेशन विवादित
onlinekhabar.com · Thu Jun 04 09:37:36 GMT 2026

२१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरधाम उपमहानगरपालिको अधिवेशन विवादमा परेको छ । पार्टीको अनुशासन समितिले अधिवेशन रोक्न निर्देशन दिँदादिँदै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ ।
अधिवेशन प्रक्रियासँगत नभएको भन्दै सभापतिका आकांक्षीले विरोध गरेका छन् । जेठ १९ गते अनुशासन आयोगले विवादित स्थानका अधिवेशन रोक्न निर्देशन दिएको थियो । अधिवेशन हुने क्रममा रहेका विवादित स्थानमा जनकपुर उपमहानगरलाई पनि राखेर अनुशासन समितिले स्थगित गर्न निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)