दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग
nepallive.com · Sun Jan 28 00:49:34 GMT 2024
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।
अध्यक्ष पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षैत्रमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ। योग्यता पुग्ने, ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष नपुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)