बायो-इथिक्स दिवस मनाइयो
ekantipur.com · Fri Oct 25 16:53:17 UTC 2024
काठमाडौँ — धरान, विभेद र कलंकविरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२४ अक्टोबर १९ को बायो–इथिक्स दिवस मनाइएको छ ।
मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेद्भाव र धब्बाबारे सजग र सचेत भएर यस्ता असंगत कुरा कम गर्न र हटाउन सकिन्छ भन्ने आशासहित यो वर्षको बायो-इथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता थियो । यस वर्षका विभिन्न चेतनामूलक कार्यक्रमहरुको अक्टोबर २५ का दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)