इजरायली सेनाद्वारा लेबनानमा आक्रमण, १६ जनाको मृत्यु
gorkhapatraonline.com · Fri Jun 19 10:15:08 GMT 2026

दक्षिणी लेबनानको नबातीह जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
हारुफ, शर्कीह र कफर सर सहरलाई लक्षित गरी आक्रम गरिएको जनाइएको छ भने कफर, रेमेन, कफर तेबनिट र अन्य नजिकैका इलाकामा भएको आक्रमणमा हताहत तथा घाइते र बेपत्ता बनाइएको रिपोर्ट गरिएको छ । इजरायली लडाकु विमानले नबातियाह शहर, कफर तेबनिट, नबातियाह अल-फाका र रिहान हाइट्सलाई लक्षित गरी हवाई आक्रमणको श्रृंखला सुरु गरेको जनाइएको छ ।
इजरायली विमानले पबच क्षेत्र, शहरको विश्वविद्यालय लगायत जिल्ला विभिन्न स्थानमा आक्रमण गर्दा प्रारम्भिक रिपोर्टका अनुसार आठ जनाको मृत्यु भएको जनाइएको छ । अर्को आक्रमणले शार्कियाह र डुइर सहरबिचको क्षेत्रलाई लक्षित गरी एउटा घर ध्वस्त पार्दा चार जनाको मृत्यु भएको जनाइएको छ । कफरमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको ज्यान गएको जनाइएको छ ।
इजरायली ड्रोनले डुइर नगरपालिका भवन नजिकै मोटरसाइकललाई लक्षित गरी गरेको आक्रमणमा एक जनाको मृत्यु भएको र अको एक जना घाइते भएको जनाइएको छ । गोलाबारीसँगै जेबचित सहरमा पनि श्रृङ्खलाबद्ध ड्रोन आक्रमण भएको थियो । लेबनानलगायतका क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले हालै भएकोे इरान-अमेरिका सम्झौताको बाबजुद र लेबनान-इजरायल सीमामा थप आक्रमण रोक्नको लागि जारी कूटनीतिक प्रयासको बिचमा आक्रमण जारी रहेको जनाइएको छ । रासस/सिन्ह्वा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)