हेटौँडा सिमेन्ट उद्योगबाट चोरी गर्ने तीन जना पक्राउ
ratopati.com · Fri Oct 25 18:10:00 UTC 2024

बागमती । प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन र लागुऔषध तथा चोरीमा संलग्न भएको आरोपमा अन्य छ गरी नौ जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित हेटौँडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोप–वेदेखि क्रसरसम्म जाने छ इञ्च र चार इञ्चको तामाका तार काटी चोरी गरेको आरोपमा हेटौँडा–१३ का मनिराम थोकर, सन्त तितुङ र भारतीय नागरिक दिल खुस कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)