मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ताइवान घेर्दै चिनियाँ सेना : १३० युद्धविमान र १४ युद्धपोतद्वारा शक्ति प्रदर्शन

barnanmedia.com · Tue Dec 30 21:45:01 GMT 2025

चीनले ताइवानलाई चारैतिरबाट घेरेर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास ‘जस्टिस मिसन २०२५’ सुरु गरेपछि पूर्वी एसियामा युद्धको सन्त्रास बढेको छ। ताइवानको रक्षा मन्त्रालयका अनुसार मंगलबार बिहानसम्म ताइवानी टापुको वरपर १३० वटा चिनियाँ सैन्य विमान, १४ वटा नौसैनिक जहाज र ८ वटा आधिकारिक सरकारी जहाजहरू देखिएका छन्।

यीमध्ये ९० वटा विमानले ताइवानको मध्य रेखा (मिडियन लाइन) पार गर्दै उत्तरी, मध्य, दक्षिण–पश्चिमी र पूर्वी वायु रक्षा क्षेत्रमा उडान भरेका छन्। ताइवानले चीनको यो कदमलाई सूक्ष्म रूपमा नियालिरहेको र आवश्यक प्रतिक्रिया दिइरहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)