सभामुखको हतारो : संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित !
ratopati.com · Tue May 26 14:57:34 GMT 2026

विराटनगर । कोशी प्रदेशसभाको मंगलबारको बैठकमा विपक्षीको अवरोधका कारण सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्न सकेन । विपक्षीले विरोध गर्नुको कारण भने सरकारको नीति तथा कार्यक्रममाथि संशोधन गर्ने समय नदिई सभामुखले पारित भएको घोषणा गरेपछि उत्पन्न विवाद हो ।
कोशी प्रदेशसभाको नवौँ अधिवेशनको छैटौँ बैठकको कार्यसूचीअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने र त्यसलगत्तै सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम थियो । कार्यसूचीको बुँदा नम्बर ३ मा स्पष्ट लेखिएको थियो, ‘माननीय सभामुखले माननीय प्रदेश प्रमुखज्यूले २०८३ साल जेठ ७ गते बिहीबार प्रदेश सभामा गर्नुभएको सम्बोधनमा उल्लेखित आव २०८३/८४ को कोशी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामा निर्णयार्थ प्रस्तुत गर्नुहुने ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
कोसी प्रदेश