शनिवारको सांगीतिक कार्यक्रमका लागि काठमाडौं आइपुगे गायक अभिजित भट्टाचार्य
kalakarmi.com · Fri Jun 19 10:27:06 GMT 2026

काठमाडौं– बलिउडका लोकप्रिय पार्श्व गायक अभिजित भट्टाचार्य आफ्नो एकल सांगीतिक प्रस्तुति दिन काठमाडौं आइपुगेका छन् । उनी शनिवार राति काठमाडौंको ठमेलस्थित नोभा क्लबमा आयोजना हुने ‘अभिजित भट्टचार्य लाइभ इन नेपाल’ कार्यक्रममा सहभागि हुनेछन् ।
यस कार्यक्रममा उनले सन् ९० को दशकका आफ्ना लोकप्रिय तथा सदाबहार गीतहरू प्रस्तुत गर्नेछन् । कार्यक्रममा उनले वादा रहा सनम, तुम्हे जो मैंने देखा, मैँ कोई ऐसा गीत गाऊँ, और क्या, बड़ी मुश्किल है, तुम दिल की धड़कन में रहते हो, लम्हा लम्हा, तौबा तुम्हारे ये इशारे, चाँद तारे तोड लाऊँ, कभी यादों में आऊँ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ