पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक
ratopati.com · Fri Jun 19 10:34:16 GMT 2026

पर्वत । पर्वत जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइएको छ।
नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असार १ गतेदेखि लागु हुने गरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको गरेको हो । अनुगमन समितिले जिल्लाका सातवटै पालिकामा पत्राचार गरी आआफ्नो क्षेत्राधिकारभित्र रहेका नदी, खोला वा अन्य खानीबाट ढुङ्गा, बालुवा, गिटीलगायत पदार्थ उत्खनन् नगर्न पत्राचार गरेसँगै स्थानीय तहले रोक लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)