चुनावमा खर्चिएको करोडौं रकम आइटीमा लगाएको भए परिणाम फरक हुने रहेछ: दाहाल
nagariknews.nagariknetwork.com · Fri Jun 19 10:16:44 GMT 2026

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइटीमा गरिएको लगानीले मात्र परिणाम आउने बताएका छन् । शुक्रबार नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्दै प्रचण्डले चुनावमा गरेको खर्च आइटीमा गरेको भए नतिजानै फरक आउन सक्ने अवस्था बुझेको बताए।
उनले भने, ‘चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो। एउटै निर्वाचन क्षेत्रमा करोडौं खर्च भएको छ, त्यही रकमको आधा आईटीमा लगाएको भए परिणाम फरक हुन सक्थ्यो।’
कार्यक्रममा उनले पार्टीलाई जनताको पक्षमा अझ मजबुत बनाउने र डिजिटल माध्यमबाट जनसंगठन विस्तार गर्ने योजना रहेको पनि बताए।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)