खल्तीले सुरु गर्यो ‘खल्ती होटल्स’ सेवा, अब एउटै एपबाट होटल, उडान र बस बुकिङ
bishowkhabar.com · Fri Sep 11 09:50:46 GMT 2026

काठमाडौं– डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी तीनदेखि पाँचतारे होटल खल्तीको मोबाइल एपबाटै बुकिङ तथा भुक्तानी गर्न सक्ने भएका छन् ।
स्याफायर म्यानेजमेन्ट ग्रुपसँगको प्राविधिक साझेदारीमा सञ्चालनमा ल्याइएको उक्त सेवाको बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेको कम्पनीले जनाएको छ । भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्कालै होटल बुकिङको सुनिश्चितता प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)