सीप भएका सुनुवारको घरमा मादलै मादल
ratopati.com · Fri Oct 25 21:15:00 UTC 2024

सिन्धुली । तिहार नजिकिएसँगै बिग्रिएका मादलले घरको दलिन खाली छैन । घरभित्र मादल झुन्डिएका छन् । घरबाहिर भुइँमा लडिरहेका देखिन्छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ बोगोलाका लोकबहादुर सुनुवारको घरमा यति बेला मादलै मादल छन् ।
नयाँमा दल बनाउने र बिग्रिएको मादल मर्मत गर्ने सीप भएका सुनुवारलाई भ्याइ नभ्याई छ । खाना–खाजा र आराम गर्ने समयसमेत छैन । 'आफूले मात्रै नभ्याएर तीन जनालाई ज्यालामा काम लगाएको छु । सधैँ यसरी काम आउँदैन । काम आएको बेला त गर्नै पर्यो नि, होइन ?', उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)