मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुपाल्चोकको नोश्यामपाटीमा उच्च वर्षा: सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

ratopati.com · Fri Aug 28 17:47:34 GMT 2026

काठमाडौँ । नेपालको विभिन्न भू–भागमा शुक्रबार राति वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागले राति ११ः०५ बजे सार्वजनिक गरेको विवरण अनुसार, पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोक जिल्लाको नोश्यामपाटी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ५१।४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार उक्त क्षेत्रहरू र आसपासका भू–भागमा थप वर्षा हुने सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)