हस्तकलामा ललितपुर महानगर : अब ‘मेड इन क्राफ्ट सिटी ललितपुर’ लोगो
ratopati.com · Fri Jun 19 10:54:31 GMT 2026

काठमाडौँ । ललितपुरलाई ‘हस्तकलाको राजधानी’ का रूपमा संस्थागत र कानुनी रूपमा विकास गर्न नयाँ कदम चालिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ललितपुर महानगरमा उत्पादित हस्तकला सामग्रीहरूको गुणस्तर परीक्षण, प्रमाणीकरण र अन्तर्राष्ट्रिय बजारमा यसको पहिचान सुनिश्चित गर्न ‘मेड इन क्राफ्ट सिटी ललितपुर’ लोगोलाई कानुनी सुनिश्चितता प्रदान गरिने उल्लेख छ ।
नीति तथा कार्यक्रममा परम्परागत धातु, काष्ठ र प्रस्तर कला जोगाउनका लागि सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनुका साथै हस्तकला क्षेत्रमा प्राज्ञिक विकासका लागि ‘कलेज अफ आर्ट’ स्थापनाको प्रक्रिया अघि बढाइने समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)