सरकारले एकैपटक सार्वजनिक गर्यो मन्त्रिपरिषद्का डेढ सय निर्णयहरू
hamrakura.com · Fri Jun 19 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले विभिन्न मितिका मन्त्रिपरिषद् बैठकबाट भएका १५० निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख र जेठ महिनामा बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्री पोखरेलका अनुसार सरकारले जेठ २९ गते राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली (एबीआईएस) को लाइसेन्स क्षमता विस्तार गर्न स्वीकृति दिएको थियो । त्यस्तै, मध्य भोटेकोसी जलविद्युत आयोजनालाई वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराउने अवधि थप गर्न पनि स्वीकृति प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)