पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक
barnanmedia.com · Fri Jun 19 10:54:28 GMT 2026

पर्वत जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइएको छ ।
नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असार १ गतेदेखि लागु हुने गरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको गरेको हो । अनुगमन समितिले जिल्लाका सातवटै पालिकामा पत्राचार गरी आआफ्नो क्षेत्राधिकारभित्र रहेका नदी, खोला वा अन्य खानीबाट ढुङ्गा, बालुवा, गिटीलगायत पदार्थ उत्खनन् नगर्न पत्राचार गरेसँगै स्थानीय तहले रोक लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)