कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
shilapatra.com · Tue May 26 15:36:00 GMT 2026

कोशी प्रदेशसभाको बैठकले कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेकाे छ । प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुंगले ७ जेठमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सभामा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा कुनै पनि प्रतिपक्षका सांसदहरूले असहमति नजनाएकाले सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)