‘म पनि फस्छु कि?’ भन्ने डरले सेयर बजारमा पहिरो !अर्थमन्त्रीको सनसनीपूर्ण खुलासा
barnanmedia.com · Fri Jun 19 10:59:48 GMT 2026

पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारबारे अर्थमन्त्रीले संसदबाटै चासोपूर्ण खुलासा गरेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले १ खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी भएका मुद्दा र कानुनी कारबाहीको त्रास नै बजार घट्नुको प्रमुख कारण बनेको बताएका हुन्।
अर्थमन्त्रीका अनुसार हाल पुँजी बजार र बिमा क्षेत्र केन्द्रित ठूला अनुसन्धान तथा मुद्दाहरू अघि बढिरहेका छन्। यही कारण कतिपय लगानीकर्ता र सम्बन्धित व्यक्तिहरूमा “कतै म पनि अनुसन्धानको दायरामा पर्छु कि?” भन्ने मनोवैज्ञानिक डर र अन्योल सिर्जना भएको छ, जसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको उनले बताए।
उनले संकेत गरेअनुसार ठूला आर्थिक अनियमिततामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही सुरु भएपछि बजारमा अस्थायी तरंग पैदा भएको छ। यसले लगानीकर्ताको मनोबल कमजोर बनाउँदा बजारमा बेच्ने दबाब बढेको विश्लेषण गरिएको छ।
यद्यपि अर्थमन्त्रीले सरकार दैनिक सूचकाङ्कको उतारचढावमा केन्द्रित नभएको स्पष्ट पार्दै बजारको दीर्घकालीन स्थायित्व, पारदर्शिता र सुशासन सरकारको मुख्य प्राथमिकता रहेको बताए।