मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘गुजाराको आधार सडकपेटी’

ratopati.com · Wed Nov 26 22:37:00 GMT 2025

महोत्तरी । “आफ्नो त केही पनि छैन, मकै पोलेर बेच्ने यही सडकपेटी छ । घर पनि रातु नदी उकासको पर्तिमा छ, न लालपुर्जा न त कुनै कागजको चिर्कटो”, मिथिला–१० लालगढको सुन्दर बस्तीकी ४० वर्षीया सरिता दासले भनिन् । उनले महोत्तरीको बर्दिबास–१ स्थित बर्दिबास जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहेही उनि भन्छिन्, “हातगोडा चलुञ्जेल त धानौला, थला परेपछि के गति हुने हो ? खै ! ”

हरेक दिन दासको दैनिकी मकैको घोगाबाट सुरु हुन्छ । बिहान ओछ्यानबाट उठ्नासाथ छोरीको खानेकुरा ठिक पारेपछि उनलाई विद्यालय जान भनेर आफू हरिया मकैका घोगा किन्न बजार दौडिन्छिन् । कहिलेकाहीँ नजिककै बर्दिबास, बडहरी र ढल्केबर बजारमा मकै पाइए पनि प्रायजसो सर्लाहीको नवलपुर, हरिऔन र लालबन्दी बजार पुग्नु परेको दासले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)