प्रधानमन्त्रीले हौसला त जगाउनुभयो, ठाउँ पाए विश्वस्तरीय प्रविधि विकास गर्ने प्रतिभा नेपालमै छन्
ekagaj.com · Sun Mar 28 16:16:20 GMT 2021
अभिषेक चौधरी किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दैछन् । यससँगसँगै उनी प्रविधि विकासका क्षेत्रमा ‘रिसर्च एण्ड डेभलपमेन्ट’ (अनुसन्धान र विकास) मा केन्द्रीत छन् । वेल वे इन्टरप्राइजेज नामक कम्पनीको अध्यक्ष समेत रहेका उनी त्यसमार्फत् प्रविधि र नवप्रवर्तनका क्षेत्रमा क्रियाशील उनले आफूहरूले विकास गरेको अटिजमको उपचार विधिदेखि स्मार्ट पोलसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि देखाएका छन् । प्रधानमन्त्रीले प्रविधि विकास र नवप्रवर्तनमा चासो राख्दै युवाहरूलाई प्रोत्साहन र हौसला बढाएको भन्दै ३० वर्षे यी युवाले यस क्षेत्रमा थप काम गरेर नेपालमै नयाँ–नयाँ प्रविधि विकास गरेर विश्व समुदायलाई देखाउने बताए । चौधरीसँग इकागज ले गरेको कुराकानीः
भर्खरै यहाँहरू र पाइला टेक्नोलोजीज भएर प्रधानमन्त्रीलाई नेपालमै विकसित प्रविधि प्रदर्शन गर्नुभयो । प्रविधिको क्षेत्रमा हुने अनुसन्धान र विकासमा सरकारले कत्तिको सहयोग गरेको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)