आइसिएफसि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितकालागि २५ लाख सहयोग
annapurnapost.com · Fri Sep 11 10:15:58 GMT 2026

काठमाडौं : आइसिएफसि फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकहरूको उद्धार, खोजतलास, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग पु¥याउने उद्देश्यले संस्थाले उक्त रकम कोषमा जम्मा गरेको हो। यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति संस्थाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरूको सकुशल खोजी तथा उद्धारको कामना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)