मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुली हिरासत मृत्यु प्रकरण: यातनाको पुष्टि नभएको गृहमन्त्रीको जानकारी

gorkhapatraonline.com · Fri Jun 19 11:16:17 GMT 2026

सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको पाइएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा भुवनबहादुर सुनारले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले यस्तो जानकारी दिनुभएको हो । गृहमन्त्रीका अनुसार उक्त घटनाको यथार्थ विवरण पत्ता लगाउन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिको प्रतिवेदन र पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै गृहमन्त्रीले विकको मृत्युको कारण आत्महत्या देखिएको स्पष्ट पार्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय