मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मनसुनजन्य प्रकोपपीडितलाई एकद्वार प्रणालीबाट राहत

karobardaily.com · Mon Jul 05 01:04:17 GMT 2021

राष्ट्रिय विपद्, जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुन समाप्तिसम्मको अवधिमा १८ लाखभन्दा बढी सर्वसाधरण मनसुनजन्य घटनाले प्रभावित हुने अनुमान गरेको छ ।

मनसुन सुरुवात भएको महिना दिन नपुग्दै बाढी पहिरोको घटनाले जनमानसमा त्रास छाइरहेको बेलामा प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ सार्वजनिक गदैृ प्राकृतिक विपत्तीबाट यति धेरै प्रभावित हुने अनुमान गरेको हो । बाढी पहिरो तथा पानीजन्य प्राकृतिक विपत्ति अझै बढ्ने र सतर्कता अपनाउन कार्ययोजनाले सुझाव दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)