सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी प्रशासन
nepalbahas.com · Fri Jun 19 11:19:15 GMT 2026

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
५ असार, काठमाडौं । बिहीबार राती कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको घर खानतलासीको विषयले प्रहरी प्रशासन विवादमा तानिएको छ । यस घटनाले प्रहरीले प्राप्त गर्ने सूचनाको भेरिफाइमै प्रश्न उठाएको छ भने प्रहरीको नेतृत्वमाथि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । आन्तरिक मामिलामन्त्री प्रदेशको गृहमन्त्री पनि हो । घटनाबारे प्रहरी प्रधान कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन ।
चितवनबाट फरार सांघातिक आक्रमणका अभियुक्त विमल भट्टराई खोजी निस्किएको सादा पोशाकको प्रहरी विराटनगर– १ पोखरियास्थित कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीको निवासमा राति छिरेर छापा मारेको हो । सादा पोशाकका प्रहरीले घरमा छिरेर छापा मारिसकेपछि मात्र यो घर मन्त्रीकोभएको जानकारी पाएका थिए ।
यसपछि मोरङ प्रहरी विवादमा आएको हो । मन्त्री पराजुलीको सचिवालयले सरकारी निवासमा मध्यराति विनाअनुमति प्रहरीले छापा मारेको भन्दै छानबिन गर्न माग गरेको छ । उता, मोरङ प्रहरीले भने फरार अभियुक्त खोज्ने क्रममा अनुसन्धान टोलीले मन्त्रीको निवास भनेर नचिन्दा र सूचना गलत हुँदा खोजतलासमा त्रुटि भएको जनाएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले घटना नियोजित नभएको र गलत सूचनाको कारण खोजतलासमा त्रुटि भएको बताए । उनका अनुसार राति ११ बजे पुगेको सादा पोसाकसहितको प्रहरी टोलीले मन्त्री निवासमा गार्ड पनि नभएको र झन्डा पनि नदेखिएकोले फरार अभियुक्त्त लुकेको आशंकामा टोलीले खोजतलास गरेको थियो । गलत सूचनाले सामान्य घटना भएको र नियतवश छापा मारिएको भन्दै गलत हल्ला फैलिएको उनले बताए ।
राति एक्कासि एकजना कर्मचारी मात्र सुतिरहेको सरकारका मन्त्रीको घरभित्र प्रहरी पसेर खानतलास गरेपछि छिमेकीहरूले मन्त्री र सचिवालयलाई खबर गरेका थिए । मन्त्री भने शंखुवासभा जिल्लामा पुगेका थिए । सरकारले मन्त्रीका लागि पहिले सुरक्षागार्ड हटाएका कारण दुईजना पिएसओ मात्र पाएका थिए । तीमध्ये एकजना बिदामा रहेको र एकजना मन्त्रीसँगै गएकोले निवासमा एकजना कर्मचारी मात्र थिए ।
यसरी प्रदेशका गृहमन्त्रीकै निवासमा छापा मारिनु प्रहरीकै कमजारी भएको भन्दै व्यापक विरोध भइरहेको छ । शुक्रबारको प्रतिनिधिसभामा पनि यो विषयले प्रवेश पाएको छ । सांसदहरुले प्रदेशका गृहमन्त्रीकै घरमा बिनाकारण छापा मान प्रहरी पुग्छ भने अन्य सर्वसाधारणको अवस्था केहुन्छ भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्र राईले लगायतले प्रश्न उठाएका थिए ।
घर खानतलासी
कोशी प्रदेश
कानुनमन्त्री
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
४० डिग्री तापक्रम पुगेपछि त्रियुगाको जनजीवन प्रभावित
जेठ २१, २०८३ बिहिबार
कोशी प्रदेशमा पनि बेरुजु बढ्दो
जेठ २०, २०८३ बुधबार
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस
जेठ १९, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
Tweets by nepalbahas
लोकप्रिय
१
सामसुङ मोबाइलमा बढ्दो समस्या, ब्याट्री, ओभरहिटिङ र डिस्प्लेमा समस्या आएको प्रयोगकर्ताको गुनासो
असार ४, २०८३ बिहिबार
२
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
असार ४, २०८३ बिहिबार
३
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
असार ५, २०८३ शुक्रबार
छुटाउनुभयो कि?
ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
असार ५, २०८३ शुक्रबार
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
असार ५, २०८३ शुक्रबार
भत्काइएको पोखरा बसपार्कका अतिक्रमित संरचना
असार ५, २०८३ शुक्रबार
तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
असार ५, २०८३ शुक्रबार
सिटिजन्स बैंकको विशेष साधारण सभा सम्पन्न, २ अर्बको प्रिफरेन्स सेयर जारी गर्ने निर्णय
असार ५, २०८३ शुक्रबार
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना
असार ५, २०८३ शुक्रबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
मौसम