मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा. केशर ढकालले पाए अनिवार्य अवकाश

swasthyakhabar.com · Fri Jun 19 11:22:00 GMT 2026

काठमाडौं- स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन्। ६० वर्षे उमेर हदका कारण उनको आज स्वास्थ्य सेवामा अन्तिम दिन हो।

वि.सं. २०५५ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेका डा. ढकालले २८ वर्ष लामो समय स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याए। उनले आफ्नो सेवा अवधिको अधिकांश समय अर्थात् २५ वर्ष सुर्खेतमा बिताएका थिए। त्यस क्रममा उनले जिल्ला अस्पताल, तत्कालीन क्षेत्रीय अस्पताल हुँदै प्रादेशिक अस्पतालको निर्देशकसम्मको भूमिका निर्वाह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)