सरकार र नागरिक बचाउ महाभियानबिच सहमति
gorkhapatraonline.com · Fri Jan 16 17:54:21 GMT 2026

सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवम् नागरिक बचाउ महाभियान, नेपालबिच सहमति भएको छ । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्किको उपस्थितिमा आज भएको वार्तापछि प्रसाईँ समूहले राखेका २७ बुँदे मागमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेल र महाअभियानका अध्यक्ष प्रसाईँले हस्ताक्षर गर्नुभयो ।
नागरिक बचाउ महाभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा गर्नुपर्ने, नेपाल नेपालीले नै बनाउने र नेपालको व्यापार पनि नेपालीले नै गर्न पाउनुपर्ने माग गर्दैआएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)