मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि...(तस्बिरहरू)

setopati.com · Fri Jun 19 11:28:27 GMT 2026

बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द भएको छ।

शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरेको हो।

‘सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधरण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दैछौं,’ सूचनामा भनिएको छ।

कुनकुन जीवजन्तुमा देखिएको हो भन्ने खुलाइएको छैन।

चिडियाखानामा घुम्न आउनेहरू सूचना हेर्दै फर्किरहेका छन्।

तस्बिरहरू:

सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)