रोजगार सेवा केन्द्र अब 'रोजगार, सीप तथा उद्यमशीलता केन्द्र'मा रूपान्तरण हुने
shilapatra.com · Tue May 26 16:07:00 GMT 2026

सरकारले देशभरका स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई 'रोजगार, सीप तथा उद्यमशीलता केन्द्र'का रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयनका लागि 'रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३' स्वीकृत भई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पठाइएको जनाएको छ ।
मन्त्रिपरिषद्को गत १३ चैत २०८२ काे निर्णयबाट स्वीकृत 'शासकीय सुधारसम्बन्धी सय कार्यसूची'को बुँदा नं. ५९ बमोजिम देशमा रोजगारी सिर्जना, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा सुदृढ गर्ने उद्देश्यले विद्यमान रोजगार सेवा केन्द्रलाई ६० दिनभित्र रूपान्तरण गर्ने नीतिगत मार्गदर्शन प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)